कोशीमा हिक्मतकुमारले आजै शपथ लिने तयारी

विराटनगर | भदौ २२, २०८०

कोशीमा हिक्मतकुमारले आजै शपथ लिने तयारी

विराटनगर:   सर्वोच्च अदालतको परमादेशपछि नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आजै मुख्यमन्त्रीको शपथ लिने तयारी गरेका छन् ।

 

आज शुक्रबार नै साँझसम्म शपथग्रहण गर्ने तयारी भएको हो ।

 

सर्वोच्च अदालतको परमादेश अनुसार कोशी प्रदेश प्रमुखको कार्यालयले उनलाई मुख्यमन्त्री नियुक्तिको तयारी  थालेको छ ।

 

 

बिहीबार सर्वोच्च अदालतले कोशी प्रदेश सभाको सबैभन्दा ठुलो दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

 

मुख्यमन्त्रीसँगै आज २ जना मन्त्रीलाई पनि शपथग्रहण  गराउने एमालेकाे तयारी  छ ।  एमाले श्रोतका अनुसार तिलकुमार मेन्याङ्वो र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी छ । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्